पुलिस क्लबको जित


एक खेल अगावै क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रवार जित हात पार्दै समूह ‘बी’ को विजेता बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अङ्क जोडे । ड्रिम टिमका सुजन महर्जनले ३३ स्कोर गरे ।
हारका बाबजुद ड्रिम टिम पनि उपविजेता का हैसियतले क्वाटर फाइनलमा पुग्न सफल भयो । यो समूहमा रहेको अर्को टोली शङ्करदेव क्याम्पसलाई ड्रिम टिम र आर्मीले हराइसकेका छन् । पहिलो क्वाटरमा २८–२१ को अग्रता लिएको आर्मी दोस्रोमा १७–२० ले पछि प¥यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको आर्मीले तेस्रोमा २४–२० र चौथोमा २९–१७ अङ्क जोड्यो ।
पुरुषमै मोफसल टोली कास्कीले विजयी सुरुआत गरेको छ । प्रतिस्पर्धात्मक खेलमा कास्कीले एचआईके भिजनलाई ८५–८३ ले हरायो । कास्कीका पुस्कल छन्त्यालले २१ तथा एचआईकेका पासाङ शेर्पाले १९ अङ्क बटुले ।
पहिलो क्वाटरमा २०–१८ ले अघि रहेको कास्की त्यसपछिका लगातार दुई क्वाटरमा पछि रह्यो । कास्की दोस्रोमा २३–२८ र तेस्रोमा १८–२१ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा २४–१६ को प्रदर्शन गर्दै कास्कीले जित सुनिश्चित गरेको हो ।
महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी क्लबले ललितपुर हाई माथि ५७–५३ को जित रच्यो । प्रहरीकी अनुषा मल्ल ठकुरीले २५ अङ्क जोडिन् । ललितपुर हाइकी सदिना श्रेष्ठले १० स्कोर गरिन् ।
सुरुआतमा ११–१५ ले पछि परेको प्रहरीले दोस्रोमा १३–१० र तेस्रोमा २२–१३ को अग्रता बनायो । चौथो क्वाटर ललितपुरले १५–११ ले पक्षमा पारे पनि जितका लागि पुगेन ।

Comment