एसिया टिम च्याम्पियनसिपको सेमिफाइनल समीकरण पुरा

मलेसियाका खेलाडी प्रतिस्पर्धाको क्रममा
सेलन्गर ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप २०२२ को चौथो दिनको खेल सकिदा सेमिफाइनलको समीकरण पुरा भएको छ ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले मलेसियाको सेलोन्गरबाट दिएको जानकारी अनुसार शनिवार पुरुष तर्फ इन्डोनेसिया र सिंगापुर तथा मलेसिया र कोरियाको बिचमा खेल हुने छ । महिला तर्फ इन्डोनेसिया र जापान तथा मलेसिया र कोरियाको बिचमा खेल हुने छ । खेल स्थानीय समय अनुसार अपराह्न चार बजे  सुरु हुने छ ।
कोभिड १९ को असर परेकाले प्रतियोगितामा ८ टोलीको मात्र सहभागिता रहेको छ । एसियाली शक्ति चीनको सहभागिता थिएन । धेरै देशका सिनियर खेलाडी कोभिडबाट सङ्क्रमित भएका कारण जुनियर  खेलाडीको उपस्थिति थियो । सुरक्षा सावधानीका बिच जारी प्रतियोगितामा बिहीबार मलेसियाका एक अम्पायर र एक लाइन जज कोरोना सङ्क्रमित भएको पाइएको छ ।
प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ ।
Comment