रामेछापमा जिल्ला स्तरीय आइटिएफ

चौथो रामेछाप जिल्ला च्याम्पियन आइटिएफ शुक्रवार सुरु भयो । सुनापती तेक्वान्दो डो आइटिएफ एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको प्रमुख अतिथि सुनापती गाउँ पालिकाका प्रमुख धावा लामाले उद्घाटन गरे । कार्यक्रम सुनापती तेक्वान्दो आइटिएफ एकेडेमीका बाबुराम तामाङको अध्यक्षतामा भएको थियो ।
 प्रतियोगितामा १६ स्पर्धा समावेश गरिएका छन् । प्रतियोगिताका रामेछाप जिल्लाका १ सय ५० खेलाडीको  सहभागिता छ ।
Comment