उदय अर्याल मलेसिया प्रस्थान

च्याम्पियनसिप मा सहभागी हुनु अघि उनले त्यहाँ ६ दिन क्वारेनटाइन मा बस्नु पर्ने कुरा बताएका छन् । एसियन टिम च्याम्पियनसिपमा यो उनको दोस्रो पटक सहभागिता हो ।
यस अघि २०१९ मा हङकङमा भएको संस्करण मा पनि उनको सहभागिता रहेको थियो र त्यहाँ हङकङ नेपाल ब्याडमिन्टन सङ्घले सम्मान समेत गरेको थियो । जापानमा सम्पन्न भएको टोक्यो २०२०, पारा ओलम्पिक ब्याडमिन्टन मा सहभागी भएका अर्याल प्रथम नेपाली ब्याडमिन्टन टेक्निकल अफिसियल हुन् ।
