मेरो डाक्टरको लोकप्रियता बढ्दो

मिदास टेक्नोलोजीको हेल्थ केयर एप “मेरो डाक्टर” ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरूलाई सेवा गरेको छ । यसका साथै मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरूबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी अस्पतालका सेवा लिन सफल भएका छन् । यसरी घरबाटै अस्पतालको ओ.पी.डी. टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरूले गरेका छन् ।
मिदास टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेकट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ ।
Comment