कालिकाबाट प्रिन्सको सम्मान

सम्मान कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो । राष्ट्रिय खेलकुद परिषद्का प्रमुख ब्याडमिन्टन प्रशिक्षक सुदिप योन्जन र अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय कुमार अर्याल सहित क्लब पदाधिकारीको कार्यक्रममा उपस्थिति थियो । सम्मानित प्रिन्सले २५ हजार रुपैयाँ पाए । उनले यस सम्मान प्रति आभार व्यक्त गर्दै यसले आगामी दिनमा अगाडी बढ्न प्रेरणा मिलेको बताए ।