प्रिन्स बने बन्जरा एग्रो फार्मको ब्रान्ड एम्बेस्डर

विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा छन् । विश्वमा इतिहास रच्ने खेलाडीलाई राज्यले बेवास्ता गरेकाले प्रिन्सलाई खेलकुदबाट बाहिरिनु नपरोस् भनेर ब्रान्ड एम्बेस्डर बनाइएको उनको भनाइ छ । सम्झौतामा के उल्लेख गरिएको छ भन्नेबारे भने उनले खुलाउन चाहेनन् । राष्ट्रिय खेलकुद परिषद्का प्रमुख ब्याडमिन्टन प्रशिक्षक सुदिप योन्जनले सरकारले वास्ता नगरे पनि निजी क्षेत्रले गरेको सहयोगले खेलाडीलाई मद्दत पुग्ने बताए ।

सम्झौता अनुसार उक्त फार्मले प्रिन्सलाई वार्षिक १० लाख सम्म खर्च गर्ने राखेप सदस्य श्रेष्ठले बताएका छन् । खेलाडीको सहयोगका लागि कृषि क्षेत्र अघि आउनु सुखद रहेको जनाउँदै यस्तो सहयोग खेलाडीको भावना लाई ठुलो कदर गरेको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्का प्रमुख ब्याडमिन्टन प्रशिक्षक सुदिप योन्जनले निजी क्षेत्रले गरेको सहयोगले खेलाडीलाई मद्दत पुग्ने बताए ।
उनले खेलाडीलाई कृषि क्षेत्रबाट पहिलो पटक सहयोग भएको समेत उल्लेख गर्दै यो सहयोग उदाहरणीय रहेको बताए । प्रीन्सलाइ उक्त एग्रो सङ जोड्न ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री उदय अर्यालले भूमिका खेलेका थिए ।
