पश्चिमाञ्चल क्षेत्रीय बास्केटबल, ब्याडमिन्टन र आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

???????????????????????????????
पोखरा

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि पोखरामा क्षेत्रीय बास्केटबल, ब्याडमिन्टन र आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।
बिहीबार बास्केटबल र ब्याडमिन्टनतर्फ क्वाटरफाइनल खेल सम्पन्न भएका छन्। बास्कटेबलतर्फ कास्की, लमजुङ, मुस्ताङ र म्याग्दी जिल्ला सेमिफाइनलमा प्रवेश गरेका छन्।
पहिलो क्वाटरफाइनलमा कास्कीले बागलुङलाई ६३–४३ ले पराजित ग¥यो। सो खेलमा कास्कीका विशाल गुरुङले सर्वाधिक २१ स्कोर गरेका थिए। दोस्रो खेलमा मुस्ताङले गुल्मीलाई ५२–५ ले हरायो। सो खेलमा मुस्ताङका कैलाश गुरुङले सर्वाधिक १२ स्कोर गरेका थिए। तेस्रो खेलमा लमजुङले रुपन्देहीलाई ५१–३४ ले पाखा लगायो। सो खेलमा लमजुङका अजेश सिंहले सर्वाधिक २० स्कोर गरेका थिए। चौथो खेलमा म्याग्दीले तनहुँलाई ७४–४२ ले पन्छायो। सो खेलमा म्याग्दीका किरण पुनले सर्वाधिक १६ स्कोर गरेका थिए।
शुक्रबार कास्कीले लमजुङ तथा मुस्ताङले म्याग्दीसँग सेमिफाइनल खेल्नेछ भने दिउँसो एक बजे फाइनल खेल हुने कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए।बास्केटबल प्रतियोगितामा १० टीमको जिल्लाको सहभागिता रहेको छ।
यस्तै ब्याडमिन्टनतर्फ पनि क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।
जसअनुसार मेन्स डबलतर्फ कास्कीका शम्भु श्ररुेष्ठ र विशाल खड्का, पर्वतका प्रेम गुरुङ र अतित गुरुङ, रुपन्देहीका गणेश रायमाझी र विश्वास नेपाल तथा कास्कीकै नरबहादुर गुरुङ र बुद्धि गुरुङको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ।
मेन्स सिड्डलतर्फ पर्वतका अतित गुरुङ, कास्कीका विशाल खड्का, रुपन्देहीका गणेश रायमाझी र बागलुङका विवेक जिसी सेमिफाइनलमा प्रवेश गरेका छन्।
लेडिज डबल्समा नवलपरासीका जुना श्रेष्ठ र निशा श्रीस, कास्कीका प्रतिभा गुरुङ र यामु गुरुङ तथा कास्कीकै पुष्पा चौधरी र मेनुका गुरुङके जोडी सेमिफाइनलमा प्रवेश गरेको छ।लेडिस सिड्डलतर्फ बागलुङका मीना श्रेष्ठ, नवलपरासीका निशा श्रीस, कास्कीका पुष्पा चौधरी र कास्कीकै आकृति गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार बिहान सेमिफइनल तथा दिउँसो दुई बजे फाइनल खेल हुने ब्याडमिन्टनका पूर्व प्रशिक्षक धर्मलाल श्रेष्ठले जानकारी दिए।आईटीएफ तेक्वान्दोअन्तर्गत बिहीबार सेमिफाइनल खेल सम्पन्न भएको क्षेत्रीय खेलकुद विकास समितिका नासु डीबी नेपालीले जानकारी दिए।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले देशको गरिमा बढाउने खेलाडीको लागि राज्यले अझै गर्न बाँकी रहेको बताए। उनले जीवनको अधिकांश उर्जाशील समय खेलमा लगाएपछि त्यसबापत खेलाडीले राज्यबाट केही आश गर्नु स्वाभाविकै भएको धारणा राखे। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष रतन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुसख डेमबहादुर बस्नेतले गरेका थिए।

Comment