“ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लाई योनेक्स को ब्रान्ड एम्बेसडर बनाउने घोषणा”
Manoj Shiama
16 January, 2022 3:48 pm

विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गरेको वार्षिक वरीयतामा सिंगल्सतर्फ दाहाल पहिलो नम्बरमा परेका छन् । व्यवसायी बास्तोलाले उनको कम्पनी इनास इन्टरप्राइजेजको तर्फबाट दुई लाख रुपैयाँ पुरस्कार र एक वर्षसम्म ब्याडमिन्टन खेल्नका लागि आवश्यक सबै सामग्रीहरू योनेक्स ब्रान्ड कै उपलब्ध गराउने घोषणा गरेका छन् । योनेक्स विश्व प्रसिद्ध जापानको ब्रान्ड हो ।
ब्याडमिन्टन खेल्नको लागि उसलाई एक वर्षसम्म आवश्यक पर्ने सबै खेल सामग्री र एसियाली मुलुकमा जाँदा आउँदा लाग्ने टिकट पनि उपलब्ध गराउँछु,’ बास्तोलाले भने । शनिवार ठमेलको रमादा इन्कोर होटेलमा आयोजित एक सम्मान कार्यक्रममा बास्तोलाले दाहाललाई पुरस्कार र सम्मान स्वरूप सहयोग गर्ने घोषणा गरेका थिए र यो घोषणा ब्याडमिन्टन खेलाडीले प्राप्त गर्ने अहिले सम्म कै सबै भन्दा ठुलो राशि हो।

प्रतियोगितामा प्रदर्शनको आधारमा फेडेरेसनले हरेक हप्ता वरीयता सार्वजनिक गर्ने भए पनि कोरोना महामारीका कारण एक वर्षदेखि वरीयता सार्वजनिक भएको थिएन । एक वर्षपछि सार्वजनिक वरीयतामा दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा परेका थिए ।
