टर्न पाइक इभेन्ट  र नेपाल बास्केटबल सङ्घबिच सम्झौता

टर्न पाइक इभेन्ट प्रालिको आयोजना र नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा  ‘राष्ट्रिय बास्केटबल लिग’ हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गरियो ।
नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग पहिलो पटक हुन लागेको आयोजक टर्न पाइक इभेन्ट प्रालिका डाइरेक्टर आलोक प्रताप रानाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने हामी केही फरक गर्न चाहन्छौँ, अहिलेको बास्केटबललाई कसरी माथि उठाउन सकिन्छ,त्यो नै हाम्रो मुख्य उद्देश्य हो । उनले भने विकास माथिबाट होइन ग्रास रुटबाट हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । हामी नेपाल बास्केटबल सङ्घसँग सहकार्य गरेर उचाइमा पुर्‍याउन चाहन्छौँ, त्यो व्यावसायिक खेलकुदबाट मात्र सम्भव छ । त्यसको सुरुवात अब बाट हुने छ ।
पत्रकार सम्मेलनमा नेपाल बास्केटबलका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले ऐतिहासिक दिनको भएको बताए । उनले भने– ‘राष्ट्रिय बास्केटबल लिग’ ले खेलको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ । यस लिगलाई मध्यनजर गर्दै सङ्घले पेशेवर खेलाडी र प्रशिक्षकको दर्ता गर्नेछ । खेलाडीहरूलाई ए र बी गरी दुई वर्गमा  विभाजन गरी दर्ता गरिने छ । १३ औँ सागको प्रशिक्षण रहेका खेलाडी ए बर्गमा रहने छन् भने अन्य सम्पूर्ण बी बर्गमा समावेश भएर खेल्ने छन् । उनले भने मोफसलमा पनि बास्केटबलको विकास होस भन्ने उद्देश्यले उपत्यका बाहिरका ३० प्रतिशत खेलाडीलाई प्रतियोगितामा समावेश गराउने सोचमा रहेका छौँ । अध्यक्ष गुरुङले उच्च श्रेणीको लिगको संज्ञा दिँदै खेल सञ्चालनका प्राविधिक पक्षको जिम्मा नेपाल बास्केटबल सङ्घले लिएको जानकारी दिए ।
काठमाडौँ, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल–धनगढीका सहरहरूको  प्रतिनिधित्व गर्ने गरी सञ्चालन हुने ‘राष्ट्रिय बास्केटबल लिग’ आयोजकका डाइरेक्टर प्रसून श्रेष्ठले टर्न पाइक इभेन्टको अधीनमा रहेको राष्ट्रिय बास्केटबल लिगमा ८ फ्रेन्चाइज क्लबहरूको संरचना घोषणा गरी क्लबहरूसँग लिइने लाइसेन्स फि बापतको ४० प्रतिशत रकम टर्न पाइकले सम्झौता अनुसार नेपाल बास्केटबल सङ्घलाई उपलब्ध गराउने छ ।
दशरथ रङ्गशालास्थित बहुधेश्यीय कर्भडहलमा सञ्चालन हुने लिगका लागि प्रत्येक क्लबमा १० नेपाली हुनेछन् भने अन्तर्राष्ट्रिय २ खेलाडी रहने छन् । क्लबमा मुख्य प्रशिक्षक १, सहायक प्रशिक्षक १ फिजियो १ र म्यानेजर एक जना हुनेछन् ।
Comment