गणेशले राखे राष्ट्रिय कीर्तिमान

नेपाल प्रहरीका गणेश रानाभाटले २४ औँ पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एन्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको कीर्तिमानलाई भङ्ग गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । महतोले आजै आफ्नो नाममा काठमाडौँमा आयोजना भएको तेस्रो सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ कीर्तिमान कायम गरेका थिए । लगतै महातोको कीर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् ।
ठिमीस्थित पार्टी प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उनी तेस्रो स्थानमा रहे । पहिलो स्थानमा सेनाका तुलाराम नै रहे । उनले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरी समग्रमा १८३ केजी भार बहन गरे । यस्तै दोस्रो स्थानमा गणेश रहे । उनले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरी समग्रमा १७३ केजी भार बहन गरे । तेस्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरी कुलमा १५५ केजी भार बहन गरे ।
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा भएको प्रतियोगिताको सोही उमेर समूह अन्तरगत यूथ तर्फ पर्साका राजन पटेलले स्न्याचमा ४२, क्लिन एन्ड जर्कमा ६० केजी गरी कुलमा १०२ केजीका साथ स्वर्ण हात पारे । यस तौल समूहमा यूथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।
यस्तै जुनियर तर्फ बाँकेका विनीत योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पारका हुन् । दोस्रो स्थानमा रहेका पर्साका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुलमा १४५ केजी भार बहन गरे । बर्दियाका सुदी थारु कुलमा १४० केजीका साथ तेस्रो भए । उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए ।
कार्यक्रममा १० औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल बहादुर अधिकारी र १३ औँ सागमा स्वर्ण पदक प्राप्त गर्न सफल विकास थापा र सञ्जु चौधरीलाई, संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर तिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ पूर्ण शङ्कर श्रेष्ठले नगदसहित सम्मान गरेका थिए । पूर्ण शङ्कर श्रेष्ठले व्यक्तिगत रूपमा नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
महिला तर्फ यूथ ४५ केजी तर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादवले रजत प्राप्त गरे । थारुले स्नाचमा ३८ केजी, क्लिन एन्ड जर्कमा ५० केजी गरी कुल ८८ केजी भार बहन गरिन् । यस्तै यादवले स्नाचमा ३० र क्लिनमा ३५ केजी गरी कुल ६५ केजी भार बहन गरिन् । ४९ केजी यूथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरी कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन् । यस्तै दाङकी निशा चौधरीले स्नाचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजीका साथ रजत र झापाकी सोनीदेवी दाशले स्नाचमा २८ केजी, क्लिनमा ४० केजी गरी कुलमा ६८ केजी भारका साथ कांस्य पाइन् ।
जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योति मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरी कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । ४९ केजीमा बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जित्दा दाङकी सन्जना चौधरीले रजत पाइन् । दुई खेलाडीबिच भएको प्रतिस्पर्धामा थापा मगरले स्नाचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजीका साथ स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै चौधरीले स्नाचमा ३५, क्लिनमा ४७ केजी गरी कुलमा ८२ केजी भार बहन गरिन् ।
महिला ४५ केजी सिनियर तर्फ नेपाली सेनाकी मनीषा रानाभाटले स्वर्ण जितिन् । उनले स्नाचमा ५२ केजी र क्लिनमा ६१ केजी गरी कुल ११३ केजी भार बहन गरिन् । दोस्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४८ केजी, क्लिनमा ६१ गरी कुलमा १०९ केजी भार बहन गरिन् । तेस्रो स्थानमा रहेकी नेपाल प्रहरीकी हिरामती थारुले स्नाचमा ४६ केजी र क्लिनमा ५५ केजीका सा १०१ केजी भार बहन गरिन् ।
महिला ४९ केजी तर्फ प्रहरीका सङ्गीता राईले स्वर्ण र तिला राईले रजत पाइन् । सङ्गीताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरी कुल १२८ केजी भार बहन गरेकी थिइन् । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरी कुल ९५ केजी भार बहन गरिन् ।

मङ्गलवार नै ढिलो गरी प्राप्त नतिजा अनुसार पुरुषको ६१ केजी तौल समूहको यूथमा बर्दियाका करण थारुले स्नाचमा ५० र क्लिनमा ५५ गरी कुलमा १०५ केजी भार बहन गरे । यस स्पर्धामा उनी एक्ला खेलाडी भएकाले स्वर्ण पदकको स्वतः हकदार बने ।
जुनियर तर्फ बर्दियाका अजय थारुले स्वर्ण हात पारे । अजयले स्नाचमा ६५ र क्लिनमा ८० केजीका साथ कुल १४५ केजी भारका साथ स्वर्ण जितेका हुन् । दोस्रो स्थानमा बर्दियाकै सुशान्त थारु रहे । उनले स्नाचमा ६० र क्लिनमा ८० गरी कुलमा १४० केजी भार उचाले । यस्तै तेस्रो स्थानमा रहेका सशस्त्र प्रहरीका पारस देशारले स्नाचमा ६२ केजी र क्लिनमा ७३ केजीका साथ कुल १३५ केजी भार उचाले ।
सिनियर तर्फ सेनाका राजु चौधरीले स्वर्ण जिते । राजुले स्नाचमा ९१ र क्लिनमा ११० केजीका साथ २०१ केजी भार बहन गरे । यस्तै प्रहरीका मुई लामाले रजत प्राप्त गरे । मुईले स्नाचमा ९१, क्लिनमा १०५ गरी १९६ केजी भार बहन गरे । तेस्रो स्थानमा रहेका प्रहरीकै अशोक कुमार शाहले कुल १५८ केजी भार बहन गरे । उनले स्नाचमा ७३ केजी र क्लिनमा ७५ केजी भार बहन गरे ।

Comment