दीप र नवीतालाई उपाधि

tt photo
नेपाल प्रहरीका दीप साउनले बुधबार एपीएफका पुरुषोत्तम वज्राचार्यलाई ११–१, ११–९, ११–६, ९–११, ७–११ र ११–८ ले हराएर प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिताको पुरुष एकल उपाधि जितेका छन् ।
महिला एकलमा पनि नेपाल प्रहरीकै नविता श्रेष्ठ च्याम्पियन बनिन् । नेपाल च्याम्पिय नविताले आप्mनै संगठनकी रविना महर्जनलाई पहिलो सेट हारेर पनि ८–११, ११–७, ११–७, ११–३, ११–४ ले निराश बनाइन् । पुरुष एकलमा प्रहरीका अमरलाल मल्ललाई हराउदै प्रहरीका शिवसुन्दर गोथे तेस्रो भए । महिला एकलमा एलिना महर्जनले तेस्रो स्थान प्राप्त गरिन् ।
पुरुष र महिला दुवैमा विजेता र उपविजेताले ट्रफी सहित ६० र ३० हजार रुपियाँ प्राप्त गरेका छन् । तेस्रो हुने खेलाडीद्वयको भागमा दस÷दस हजार रुपियाँ पर्यो । कूलचार लाख २५ हजार रुपियाँ पुरस्कार रहेको प्रतियोगितामा शीर्ष आठ स्थानमा रहनेसम्मलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
जुनियरको पुरुष एकल फाइनलमा आर्मिका वृmष्ण थापा मगरले आर्मीर्कै स्यान्टु श्रेष्ठलाइ ११–८, ११–६, ११–४ ले हराए ।महिलातर्फको फाइनलमा ललितपुरकी दीक्षा तामाङले एपीएफकी सोनुथापा मगरलाइ १२–१०, ११–४, १२–१० ले पराजित गरिन् ।दुवै समूहमा पहिलोले १० हजार र दोश्रोले ८ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई एपीएफका पूर्व महानिरीक्षक सनत बस्नेत लगायतले पुरस्कार प्रदान गरे ।

Comment