विश्व मुवाँथाइमा नेपाल

ganesh newsedited
थाइल्यान्डको बैंककमा हुने विश्वमुवाँथाइच्याम्पियनसिपमा नेपालबाट ३पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।     बैंककको लुम्पिनी रंगशालामा मार्च १३ देखि १८ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपको ६३ केजीमा भूपेश शाक्य, ६५ केजीमा छुल्टिमलामा र ७१ केजीमा सूर्यबहादुर बुढाथोकीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
खेलाडीसहितको ६ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोली नेतामा नेपाल मुवाँ संघका अध्यक्ष गणेशलाल कक्षपति, अफिसियलमा उमेश केसी तथा प्रशिक्षकमा सीताराम लामा रहेका छन् ।

Comment