परासीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


नवराज डुम्रेको अध्यक्षता, होमनाथ भण्डारीको प्रमुख आतिथ्य तथा पूर्व खेलकुद विकास समितिका अध्यक्ष डोलराज भण्डारीको विशेष आतिथ्यमा फाइनल खेल तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो। सो समारोहमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि हरू एवम् क्लब अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा यम बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
दीपेन्द्र चेपाङ र तुलसी पाण्डे विजेता, मनोज सुवेदी र ज्ञानेन्द्र बहादुर अधिकारी उपविजेता भए । आकाश छन्त्याल र दीपक पुन तथा तेजेन्द्र चन्द र मदन भण्डारी तेस्रो थिए।
