गुल्मी जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शर्मा र शेरचन उत्कृष्ट

गुल्मीमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत खुल्ला पुरुष डबल प्रतियोगितामा रिडीका विवेक शर्मा र जेनिस शेरचनले प्रथम स्थान प्राप्त गरेका छन् । तम्घासका भरत थापा र राजन काउछा द्वितीय, नारायण जिसी र सुरेश श्रेष्ठ तथा कृष्ण गाहा र अर्विन श्रीपालिले तृतीय स्थान प्राप्त गरेको नेपाल ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

खुल्ला पुरुष डबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ३५, २० र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् । पुरुष ग्रेड बितर्फ सान्तीपुरका तेजस्वी थापा र भुवन सुनार प्रथम, तम्घासका होमबहादुर पल्ली र चन्द्र पाण्डेय द्वितीय, सत्यवतीका देवन काला र आजम सेख तथा कृष्ण पन्थी र चतुर्भुज पन्थी तृतीय भएका छन् । पुरुष ग्रेड बिमा प्रथम, द्वितीय र तृतीयले क्रमशः २०, १५, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै खुला पुरुष डबल ग्रेड सीतर्फ चन्द्रकोटका धनबहादुर राना र विवेक पुन प्रथम, रिडीका सुरज थापा र सुजल रायमाझी द्वितीय तथा गुल्मी दरबारका रवीन्द्र र समुन्द्र श्रेष्ठ तथा बलेटक्सारका कमल र पदम श्रेष्ठ तृतीय भएका छन् ।  त्यस्तै पुरुष ग्रेड सी प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीयले क्रमशः १५, १०, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खुल्ला पुरुष भेट्रान ४५ वर्ष उमेरसमूह माथिको खेलमा तम्घासका कृष्ण राना र हरि पाण्डेय प्रथम, तम्घासकै महेश काउछा र राम बहादुर काउछा द्वितीय भएका छन् । शान्तिपुरका नेत्र बलाल र पर्स बहादुर खत्री तथा तम्घासका नवराज श्रेष्ठ र चेत नारायण पाण्डेय तृतीय भएका छन् । ४५ वर्ष उमेर समूहमाथिको खुल्ला पुरुष भेट्रान प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयले २०, १५ र ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाल ब्याडमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठले जानकारी दिए ।

खुल्ला पुरुष भेट्रान ५५ वर्ष उमेर माथिको खेलमा तम्घासका शेर बहादुर थापा र हरि पाण्डेय प्रथम भएका छन् । तम्घासकै प्रकाश भलामी र नारायण पोख्रेल भए ।

तम्घासका राम बहादुर थापा र शेषकान्त गौतम तथा प्रेम माच्कोटी र पुण्यविक्रम पौडेल भएका छन् । उनीहरूले क्रमशः १५, १० र ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।

‘स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो’ भन्ने मुख्य नाराका साथ प्रतियोगिता नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा तम्घासको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा तीन दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा जिल्ला भरका एक सय ५० खेलाडी सहभागी भएका थिए ।

Comment