मछिन्द्र पहिलो पटक एएफसी कपमा छनोट

नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कप-२०२२ को छनोटमा स्थान बनाएको छ ।

दशरथ रंगशालामा आइतबार भएको एक मात्रै खेलमा सुनिल बलको निर्णायक गोलमा मछिन्द्र पहिलो पटक एएफसी कपमा छनोट भएको हो ।

सातौँ चरणको खेलमा १७ अंकसहित शीर्षस्थानमा रहेसँगै मछिन्द्रले १६ अंकको मनाङलाई १ अङ्कले पछि पार्‍यो ।

गत सिजन मछिन्द्र लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा त्यसबाट वञ्चित भएको थियो । क्लब लाइसेन्स पाएको दोस्रो स्थानको आर्मीले सोही प्रतियोगितामा स्थान बनाएको थियो ।

निर्णायक खेलमा मछिन्द्रले पुलिसविरुद्ध आक्रामक खेल खेलेको थियो । खेलको २२औं मिनेटमा सुनिल बलले विशाल राईको फ्रीकिक पास सदुपयोग गर्दै विजयी गोल गरे ।

जारी लिगमा सुनिलको यो पाँचौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् ।

खेलमा मछिन्द्रका विशाल राई बी, सुजल श्रेष्ठ, मनिष डांगी गोलबाट बारम्बार टाढा रहे । यता पुलिसका सुमन लामाले दुई पटक गोलको सदुपयोग गर्न सकेनन् । पराजित पुलिस ६ अंक बनाएर ११औं स्थानमा झरेको छ ।

Comment