बाग्मतीलाई उपाधि

आयोजक बाग्मती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिवार जितेको छ । बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मी ५ स्वर्ण, २ रजत र ७ कांस्य हात पार्न सफल भयो ।
प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बाग्मतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बाग्मती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा ११ टिमका ३ सय ३० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment