रिङ रेस्लिङको तयारी तीव्र गतिमा 

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता आगामी शनिवार हुने भएको छ ।
प्रतियोगिता बुढानीलकण्ठको चुनी खेल मैदानमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेरी बेठ च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल बेठ च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट बेठ विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।
नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएल लगायतका खेलाडीको सहभागिता रहने छ ।
नेपालमा रिङ रेस्लिङको स्थापना भएको ६ वर्ष भएको छ । यो ६ वर्षको अवधिमा लामो फड्को मारी रहेको छ ।
गत वर्ष कोभिडका कारण सम्भव नभए पनि यस एसोसिएसन स्थापना काल देखि वार्षिक दुई वटा राष्ट्रिय खेल आयोजना गर्दै आएको छ । स्थानीय निकायहरूको राम्रो सहयोग भएको यस एसोसिएसनको विकासमा केही कर्पोरेट हाउसको पनि सहयोग रहेको छ । यस एसोसिएसनको विकासमा अग्रणी रहेकी  सुवर्ण श्रेष्ठको डाइनामीक व्यक्तित्व र सक्रियताले सङ्घलाई अघि बढाउन धेरै सहयोग गरेको छ । यो मेहनत र परिश्रमकै कारण केही वर्षमा रिङ रेस्लिङ नेपालको प्रभावशाली खेलको रूपमा स्थापित हुनेको उनको विश्वास रहेको छ ।
यस साताको अन्त्यमा हुने प्रतियोगिताले पनि रिङ रेस्लिङको विकास क्रममा एउटा आयाम थप्ने उनको विश्वास छ ।
Comment