बिबिसी माथिको जित सहित सङ्कटा तेस्रो स्थानमा 

सङ्कटा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अङ्क तालीकामा तेस्रो स्थानमा उक्लेको छ । तेस्रो स्थानमा उक्लने क्रममा सङ्कटाले आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब(बिबिसी)लाई ३–० ले हराएको हो ।
सङ्कटालाई जित दिलाउने क्रममा उत्तम राईले दुई गोल गरे भने अर्को गोल लक्ष्मण रुचालले गरे । १३ औ मिनेटमा पहिला गोल  गरेको राईले २८ औ मिनेटमा अर्को गोल गरे  । यसै गरी, ३८ औ मिनेटमा रुचालले गोल गरे ।
अर्को खेलमा थ्री स्टार क्लब र नेपाल आर्मी क्लब बिच गोल रहित बराबरी भएको छ ।
Comment