सौर्य चाडैं बजारमा

सृजना इन्टरनेसनल मिडिया प्रालीको प्रकाशनमा सौर्य राष्ट्रिय दैनिक केही दिन पछि  बजारमा आउने भएको छ । विगतमा केही महिना स्थगीत सौर्यको अनलाइन सस्करण बुधबार नै सुरु भयो । पत्रीकाको प्रधानसम्पादक बोधराज त्रीपाठी रहेका छन् । १२ पृष्ठको रंगीन पत्रीका सौर्य खोजमुलक र सनसनीपूर्ण समाचारले भरीपूर्ण रहने अपेक्षा गरिएको छ । सौर्य दैनिकमा दुइ पृष्ठ खेलकुदमा लागि छुट्याइएको छ ।  परम्परागत ढर्राभन्दा फरक, आलोचनात्मक  र विवेचनात्मक समाचार सौर्यका प्राथमिकता रहेका छन् ।

Comment