पविन र सुरोजको जोडी प्रिक्वाटरमा

प्रयाग पोखरी ब्याडमिन्टन सर्कलका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को पुरुष युगल तर्फ प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् । पविन र सुरोजको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीमाथि २१–११, २१–३ को सोझो सेटको जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन् । विधान र विशालको जोडीले टिकाथलीका शरद राना मगर र सुमन पोखरेलको जोडीलाई २१–१५, २१–१६ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् ।
हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगल तर्फ बालकुमारी रिमिक्स क्लबका शान्ता डङ्गोल र राम राईको जोडी, सिल्क ग्रुपका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडी, साइनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडीले पनि प्रिक्वाटरमा स्थान पक्का गरे । शान्ता र रामको जोडीले भक्तपुरका ध्रुव पाठक र जस कुमार राईको जोडीलाई २१–१०, २०–२२, २१–१२ ले, आकाश र अभिषेकको जोडीले राम प्रसाद चौधरी र धिरेन्द्र पटेलको जोडीलाई २१–९, २१–८ ले, बोस र थापाको जोडीले बालकुमारी रिमिक्सका ज्ञान कुमाल र राकेश शाक्यको जोडीलाई २१–१७ को समान अन्तरले, नेपाल र रायमाझीको जोडीले थेचो ब्याडमिन्टन क्लबका आरसी विष्ट र सुरज श्रेष्ठको जोडीलाई २१–१२, २१–१६ को सोझो सेटमा पराजित गरेका हुन् ।
यस्तै जित हात पार्दै प्रिक्वाटर प्रवेश गर्ने अन्यमा सूर्य दर्शन ब्याडमिन्टन क्लबका हिमाल चन्द र सन्तोष पनेरुको जोडी, क्लब सेभेनका विकास महर्जन र हरिसिद्धिका रदीप महर्जनको जोडी, एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडी, सूर्य दर्शन ब्याडमिन्टनका दीपक राना र थम रानाको जोडी, आयोजकका राजेन्द्र महर्जन र श्याम महर्जनको जोडी, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडी, आयोजकका निखिल भट्ट र विवेक चौधरीको जोडी, बुटवलका सुशील गिरी र विवेक न्यौपानेको जोडी तथा बालकुमारी रिमिक्सका दिपन महर्जन र भुवन श्रेष्ठको जोडी रहेका छन् ।


चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको यु १९ पुरुष तर्फको खेलमा पिएफसीका अविनाश कार्कीले बालकुमारी रिमिक्सका आयुष्मान् नागरीलाई २१–१३, २१–७ ले, कास्कीका अमित भण्डारीले धादिङकी अश्विन मगरलाई १७–२१, २१–१६, २१–१५ले, हरिसिद्धिका विवेक चौधरीले १६ फिदरका अमन महर्जनलाई १६–२१, २१–१६, २१–११ले, वाईसीबिसीका नेल्सन राईले कास्कीका सौरभ थापालाई २१–१४, २१–१७ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे ।