सँगिना युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कृत

युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार प्रशिक्षक तर्फ तेक्वान्दो प्रशिक्षक सँगिना वैद्यलाई प्रदान गरेको छ । नेपालले काठमाडौँमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुदमा सनसनीपूर्ण सफलता पाउँदा सँगिना टोलीको प्रशिक्षक थिइन् । १३ औ सागमा नेपाली तेक्वान्दोले अभूतपूर्व सफलता पाएको थियो ।
खेलाडीको रूपमा ओलम्पिकमा छनोट हुने पहिलो खेलाडीका साथै एसियाली च्याम्पियन र दक्षिण एसियाली स्वर्ण पदकधारी सँगिना प्रशिक्षक क्यारियरको रूपमा समेत उत्तिकै सफल छिन् । लामो समय नेपाल आर्मी क्लबमा रहेकी उनी टोलीलाई लगातार टिम च्याम्पियन बनाउन सफल भएकी थिइन् ।
उनकै प्रशिक्षणमा नेपालकी निशा रावलले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सो ओलम्पिकमा निशाले  संसारकै उत्कृष्ट खेलाडीहरूको प्रतिस्पर्धात्मक हारको सामना गरेकी थिइन् ।
नेपाली खेलकुदमा सँगिना खेलाडी र प्रशिक्षकको रूपमा उत्तिकै सफलता पाउने सीमित खेल व्यक्तित्व मध्यकी एक हुन् ।
Comment