आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको  शुक्रवार  बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शिलान्यास भयो । शिलान्यास समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयर धनी,नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल र  कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत  कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्तवादे श्रेष्ठ लगायतको उपस्थिति थियो ।
बिमा समितिका सूर्य प्रसाद सिलवालले शिलान्यास गरे । शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले व्यस्तताको बाबजुद समारोहमा उपस्थित भई भवनको शिलान्यास गरेकोमा समितिका अध्यक्षलाई समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे ।
Comment