प्रकाश क्वाटर फाइनलमा


नेपालका प्रकाश अधिकारी एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनअन्तर्गत एसएल– ४ क्याटगोरीको पुरुष सिंगल्समा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘सी’ को आफ्नो अन्तिम लिग खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २१–२ र २१–१ को सोझोको सेटमा सहजै पराजित गरेको अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
त्यसअघि उनले इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसंग २१–१५ र २१–९ को हार व्यहोरेका थिए भने भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ ले पन्छाएका थिए । क्वाटर फाइनलमा प्रकाशले थाइल्यान्डका चिन्दानाइ निनुडोम्सकलाई प्रतिद्वन्द्वी पाएका छन् ।

Comment