प्रकाशको मिश्रित प्रदर्शन


नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित÷हार आत्मसात् गरे ।
एसएल– ४ क्याटगोरी अन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे । दोस्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए ।
अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानी विरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन् । ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन् । उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेसा गोबद्र्धनले नेपालको झन्डा बोकेकी थिइन् । गेम्म डिसेम्बर ६ तारिखसम्म चल्ने छ ।

Comment