फुलकन्ट्याक कराँते प्रतियोगिता सम्पन्न

पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत आइतबार फुलकन्ट्याक कराँते प्रतियोगिता सम्पन्न भयो।
कास्की जिल्ला फुलकन्ट्याक कराँते सङ्घको व्यवस्थापनमा आइतबार भएको प्रतियोगिता अन्तर्गत पुरुष २५ केजी तौल समूहमा प्रबिन नेपाली प्रथम, अरबिन परियार द्वितीय तथा सुशन झेडीमगर र रोशन भण्डारी तृतीय भए।३० केजी तौल समूहमा धिरज परियार प्रथम, सरोज अधिकारी द्वितीय तथा इन्द्रबहादुर थापा र स्वरुप रावत तृतीय भए।
३५ केजी तौल समूहमा रोमन सिंजाीमगर प्रथम, सुमन प्रतेल द्वितीय तथा प्रविन पौडेल र कपिल कुमार तृतीय भए।४० केजी तौल समूहमा मनोज श्रेष्ठ प्रथम, सुशान्त गुरुङ द्वितीय तथा क्रिश गष्ुरुङ र रतिश थापा तृतीय भए।४५ केजी तौल समूहमा साकार पुन प्रथम, निरज परियार द्वितीय तथा प्रदीप नेपाली र नारायण तामाङ तृतीय भए। पुरुष खुल्ला तौल समूहमा निर्मलबहादुर केसी प्रथम, विक्रम तामाङ द्वितीय तथा सचिन थापा र विक्रम क्षेत्री तृतीय भए।
यस्तै महिला ३५ केजी तौल समूहमा सुस्मिता गोपाली प्रथम, मुना थापा द्वितीय तथा सिम्रन थापा र अस्मिता तामाङ तृतीय भए।४५ केजी तौल समूहमा सुनिता तामाङ प्रथम, एलिसा बराल द्वितीय तथा सपना गुरुङ र एलिसा छन्त्याल तृतीय भए।महिला खुल्ला तौल समूहमा सम्झाना लामा प्रथम, सलिना गुरुङ द्वितीय तथा आकृति गुरुङ र अञ्जना अधिकारी तृतीय भए।
प्रतियोगिताको मुख्य जुरीमा लक्ष्यबहादुर राना र लक्ष्मण कुँवर तथा मुख्य रेफ्रीमा गणेश लामा, दानबहादुर गुरुङ, एकराज, सुवास खड्का, रत्न आले र तिलक नेपाली रहेका थिए।
विजेता तथा उपविजेता खेलाडीलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यालय प्रमुख प्रकाश बराल, पत्रकार माधव रेग्मी, कास्की जिल्ला फुलकन्ट्याक कराँते सङ्घका अध्यक्ष ज्ञानेन्द्र माकाजू, प्रशिक्षकद्वय दीपक गोदार र शिव गुरुङ, कृष्ण नेपालीलगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

Comment