राजु र कल्पनालाई स्वर्ण पदक

तेक्वान्दोमा समर्पित राज लामो समय मकाउ बसाइ पछि यसै वर्ष अमेरिका पुगेका हुन् । यस अघि लस भेगासमा भएको युएस ओपनमा दुई पटक सहभागी भई सकेका उनले बेलायतमा भएको प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए । क्यानडामा भएको प्रतियोगितामा पनि सफलता पाएका उनले मकाउमा पनि थुप्रै सफलता पाएका थिए ।
नुवाकोटका राजु नेपाली तेक्वान्दोमा रहेका इमानदार र असल व्यक्तिकै रूपमा परिचित छन् । सहयोगी भावना भएका उनी त्यत्तिकै मिलनसार पनि हुन् । हाल अमेरिकामा उनी पूर्णकालीन तेक्वान्दोकर्मीको रूपमा सक्रिय छन् ।
