पुलिस पहिलो, थानेश्वर उत्कृष्ट रेफ्रि

महिला तर्फ नेपाल प्रहरीका कञ्चन थापा तथा पुरुष तर्फ आयोजक टोलीका प्रशान्त कुँवर उत्कृष्ट खेलाडी भए । प्रतियोगितामा थानेश्वर दर्लामी मगर उत्कृष्ट रेफ्रि भए ।

पहिलो हुने टोलीले ८१ हजार, दोस्रो हुने टोलीले ४१ हजार तथा तेस्रो हुने टोलीले २१ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडीले ७ हजार ५ सय तथा उत्कृष्ट रेफ्रिले ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।