रुपेसलाई चेस उपाधि

फिडे मास्टर रुपेस जयसवालले जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्विस लिगको आधारमा नौ चरणको खेलमा रुपेसले आठ अङ्क जोडे । यसै गरी ७.५ अङ्क भएका सुशील चौधरी दोस्रो तथा बद्री लाल नेपाली तेस्रो भए ।शीर्ष दुई स्थान पाउने दुवै खेलाडी थापाथली चेस पार्कका आबद्ध छन् ।
सजिन महर्जन चौथो, पूर्णराज खड्का पाँचौँ, सरोज महर्जन छैटौँ, केशव श्रेष्ठ सातौँ ,हरि सुब्बा आठौँ , निकेन कुसाथा नवौँ तथा राजन पुरी १० औ भए ।
महिला तर्फ विनीता कपाली पहिलो भइन् । यसै गरी, भेट्रानमा जगन्नाथ ताम्रकार तथा १६ वर्ष मुनी पुरुषोत्तम  सिलवाल     पहिलो भए ।
प्रतियोगिताका विजेता खेलाडीलाई  प्रमुख अतिथि प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, थापाथली चेस पार्कका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर कार्की, आयोजक जिओ इन्टेरियरका प्रमुख वीरेन्द्र ठाकुर, नेपाल विलियार्ड्स स्नुकर तथा पुल एसोसिएसनका अध्यक्ष सरोज कुमार मुल्मी , ब्वाइज युनियन क्लबका पूर्व अध्यक्ष अरुण वैद्य, प्रभु पेका कबिर महर्जन तथा एनएमबी बैङ्कका आशिष् शाही लगायतले पुरस्कार वितरण गरे ।
जी ओ इन्टेरियर तथा थापाथली चेस पार्कको आयोजनामा भएको प्रतियोगितामा १५० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ, उपविजयीले ८ हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको पे मेन्ट पार्टनर प्रभु पे रहेको थियो । यसै गरी, राइड सेयरिङ पार्टनर सहारा राइड रहेको छ । फुड पार्टनर लस्कर रहेको थिए । ब्रीभेज पार्टनर आरसीकोला तथा हस्पीटलीटी पार्टनर होटेल ऋतु मोरिया छन् । बैङ्किङ पार्टनर एनएमबी बैङ्क रहेका थियो ।
Comment