शेर्पाको निधनले शोकमग्न नेपाली खेलकुद

राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेन्डी शेर्पाको निधनले नेपाली खेल जगत् शोकाकुल बनेको छ । नसा सम्बन्धी रोगले पीडित ५० वर्षीय लामाको बुधवार बिहान निधन भएको हो । शेर्पा नेपाल बास्केटबल सङ्घका अध्यक्ष पनि थिए ।
लामाको कार्यकालमै नेपाली बास्केटबलले कोल्टे फेरेको थियो । शेर्पाको निधनमा बुधवार खेलकर्मी, ओलम्पिक कमिटीका अधिकारी तथा खेल शुभेच्छुकहरू समेतले समवेदना व्यक्त गरेका छन् ।
Comment