ब्याडमिन्टनको विवाद सामाजिक सञ्जालमा छताछुल्ल

१५ नोभेम्बरमा नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले ब्याडमिन्टन नेतृत्वको क्रियाकलापका बारे अर्को असहमति जनाए । केही दिन अघि उनकै स्ट्याटसमा सङ्घ नेतृत्वको आपत्ति भए पछि श्रेष्ठले अर्को स्ट्याटस राखेका हुन् । सो स्ट्याटसमा श्रेष्ठले पाकिस्तान इन्टरनेसनल सिरिजमा स्वर्ण पदक पाएका दिपेस धामी र शोभा गौचनका साथै जुनियर तर्फ तेस्रो स्थानसम्म पुगेका प्रीन्स दाहाललाई सम्मान गरिने कुरा उल्लेख भए पनि यस बारे कुनै पहल नभएको आरोप लगाइएको छ ।
श्रेष्ठको स्ट्याटसमा उल्लेख भए जस्तै प्रीन्स दाहाल जस्ता सम्भावना बोकेका खेलाडी भए पनि सङ्घले कुनै योजनाबद्ध पहल गरेको छैन ।
त्यसो त जय ब्याडमिन्टन नामको अर्को फेसबुक आइडीबाट सङ्घको नेतृत्वबाट  भएका र गरेका गलत क्रियाकलापको विरुद्धमा निरन्तर आवाज उठी रहेको छ । सो आइडीबाट सङ्घले खेलाडी विदेश  भगाएको आरोप लगाएको छ ।
जय ब्याडमिन्टनले भने जस्तै सबै खेलाडी सङ्घले भगाएको हो या होइन त्यो त बहसको विषय हुन सक्छ । परन्तु, नेपालका धेरै खेलाडी यसै समयमा बिदेसिएको भने साँचो हो । धेरै पुराना स्टार अहिले विदेशमै छन् । हाल नेपालमा रहेका किशोर बहादुर सिंह, नरेश बहादुर सिंह, ,प्रदीप विक्रम शाह,  प्रकाश बहादुर शाही र प्रताप अधिकारी जस्ता ब्याडमिन्टनका हस्तीहरूलाई नेपाल ब्याडमिन्टन सङ्घले ब्याडमिन्टन खेलमा उनीहरूको कुनै भूमिका नै नभएको जस्तो बेवास्ता गरेको छ ।
क्षेत्रीयताबाट हाबी भएको कुरामा मोफसलका ब्याडमिन्टनकर्मी एकमत रहेका छन् । केही समय अघि श्रेष्ठको स्ट्याटसमा राष्ट्रिय खेलाडीहरूलाई एनबीएको स्वीकृति विना लिलामी गर्न लागिएको आरोप लगाइएको छ ।
श्रेष्ठले सो जिल्ला सङ्घको अध्यक्षको नाम उल्लेख नगरे पनि मोफसलका धेरै ब्याडमिन्टनकर्मीले काठमाडौँ उपत्यकामा मात्र केन्द्रित भएको आरोप लगाइ रहेका छन् ।
ब्याडमिन्टन सङ्घको कार्यकाल सकी सकेको भए पनि अधिवेशन भएको छैन । क्षेत्रीयताबाट, नेपाली खेलाडीको पलायन , पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका प्रीन्स दाहाललाई यथोचित सम्मान गर्ने सवालमा सङ्घले चासो नदिएको आरोप लागी रहेको छ । आगामी अधिवेशनमा यी सबै कुराको उठान आवश्यक रहेको मोफसलमा केही ब्याडमिन्टनकर्मीले बताएका छन् ।
Comment