मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धित मिदास टेक्नोलोजीले अस्पतालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
यो सेवा हाललाई वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोका साथै  मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेयर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरूले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफै अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।
Comment