बिबिसी र एमएमसीको रोमाञ्चक जित

सुरज गुरुङले इन्जुरी समयमा गरेको गोलसँगै यस सिजनको सहिद स्मारक लिगका ब्रिगेड ब्वाइज क्लब(बिबिसी) महत्त्वपूर्ण जित हात पार्न सफल भयो । आइतबार भएको खेलमा बिबिसीले एपीएफलाई ३–२ ले हराएको हो ।
बिबिसीको जितमा ११ औ मिनेटमा दिनेश राईको फ्रिकीक गोलमा बिबिसीले अग्रता लिएको थियो । त्यसको ६ मिनेट पछि एपीएफका आशिष लामाले एपीएफका लागि बराबरी गोल गरे । ६५ औ मिनेटमा राईले अर्को गोल गरे भने ७७ औ मिनेटमा एपीएफका विवेक तामाङले गोल गर्दै दोस्रो पटक एपीएफलाई खेलमा फर्काए ।
बिबिसीका रोशन राना मगर उत्कृष्ट खेलाडी घोषित भए । अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब(एमएमसी)ले जावलाखेल यूथ क्लबलाई १–० ले हरायो । मनाङका लागि ५७ ओ मिनेटमा दिनेश राजवंशीले गोल गरे । उनी खेलका म्यान अफ द म्याच समेत घोषित भए ।
Comment