बक्सिङमा भण्डारीको सक्रियता

नेपाली बक्सिङ क्षेत्र अहिले सक्रिय सङ्घको रूपमा रहेको छ । यस सक्रियतामा सङ्घ सदस्य मान बहादुरको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ ।
बि.स २०४५ मा यस खेलमा आबद्ध उनी छोटो समयमा नै राष्ट्रिय खेलाडी हुन सफल भएका थिए । १९९३ मा पाकिस्तानमा सम्पन्न वाइएमसी बक्सिङ प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गरेका थिए । यसै प्रतियोगितामा भण्डारीले दुई बाउट जितेका थिए भने नेपालका प्रकाश थापा मगरले दुई बाउट जितेका थिए ।
गत वर्ष सङ्घको सदस्यमा चयन भएका उनी वर्तमान बक्सिङ नेतृत्व प्रति सकारात्मक छन् । उनले अध्यक्ष राम अवालेको नेतृत्व र मुख्य प्रशिक्षक प्रकाशको प्राविधिक नेतृत्वमा सङ्घ अघि बढी रहेको बताए ।
चेत बहादुर भण्डारी  भगवती भण्डारीका छोरा मन बहादुरका प्रेरणाका श्रोत भने उनका आफ्नै दाजु डम्बर भण्डारी हुन् । विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रथम भएका उनी रोजगारीको सिलसिलामा मकाउमा पनि रहेको थिए । मकाउमा रहँदा पनि उनले नेपाली बक्सिङको विकासमा विभिन्न  किसिमको सहयोग गरी रहेका थिए । उनले नेपाली बक्सिङ प्रगतिको पथमा गएको बताउँदै यसलाई अझ माथिल्लो उचाइमा लैजानका लागि सबै नेपालीले साथ दिन आवश्यक रहेको बताएका छन् ।
Comment