आइबा अध्यक्ष नेपालमा


अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधवार नेपाल आएका छन् । बुधवार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
प्रवक्ता अवालेले बक्सिङ सङ्घलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए । त्यसअघि नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका   थिए ।
विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमाल जस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पु¥याउन सकिने बताउँदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बक्सिङ सङ्घका अध्यक्ष अवालेले आईबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउँदै नेपाली बक्सिङको अवस्था बुझ्न उहाँलाई अझ सहज हुने बताए ।
नेपाल बक्सिङ सङ्घ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीबार दुबई प्रस्थान गर्ने बक्सिङ सङ्घले जनाएको छ ।

Comment