नवीता र रविना अपराजित

nabita
शीर्ष वरीयताकी नेपाल प्रहरीका नवीता श्रेष्ठ र  रविना महर्जन प्रथम कलाबोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिताको सिनियर महिला सिंगल्समा शनिबार पनि अपराजित रहे । दुवैले ६ खेल खेलिसकेकोमा शतप्रतिशत नतिजा आफ्नो पक्षमानिकालेकाछन् ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको सिनियर महिला सिंगल्समै प्रहरीकी एलिना महर्जनले ५ खेलमा जित र १ माहार, कास्कीकी काजोल रौनियार र एपीएफकी सेलिशा खड्गीले समान ३–३ जित र हार, प्रहरीकी स्वेच्छा नेम्वाङले ४ माजित र २ मा हार तथा प्रहरीकी एरिका महर्जनले ४ मा जित र १ मा हारको सामना गरेका छन् ।
त्यस्तै सिनियर पुरुष सिंगल्समा प्रहरीका शीर्ष वरीयताका दीप साउन र अमरलाल मल्ल तथा एपीएफका पुरुषोत्तम वज्राचार्यले ६–६ खेलेकोमा सबैमा जित आत्मासात् गरेका छन् । एपीएफका चन्दन शाहीले ५ मा जित र १मा हार, प्रहरीका मणिकुमार लामाले ४ मा जित र २ माहार तथा प्रहरीका राकेश महर्जनले ३ माजित र ३ मा हार व्यहोरेका छन् ।
जुनियर महिला सिंगल्समा एपीएफकी सोनु थापा मगरले ६ तथा ललितपुरकी दीक्षातामाङ र सुनसरीकी दीक्षा दाहालले समान ५–५ खेलमा जित निकालेका छन् । जुनियर पुरुष सिंगल्समा नेपाल आर्मीका स्यान्टू श्रेष्ठ र मोरङका करण राईले समान ६–६ खेलमा जित हात पार्दै अपराजित छन् ।

Comment