चन्द्रागिरि हिल्सलाई नेपालकै वेस्ट लक्जरी रिर्सोटको अवार्ड

 काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ ।
भारतको नयाँ दिल्लीमा शुक्रवार साँझ आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र भारतका पूर्व मन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरे ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।
Comment