नेपाली खेलाडी माथि थापाको विश्वास

बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरले  सर्बीयाको बेलग्रेडमा भएको आइबा विश्व च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएको बताएका छन् । प्रतियोगितामा नेपालका चार खेलाडीले सहभागिता जनाएका थिए ।
सनील शाही बाहेक अन्य भने पहिलो चरण पार गर्न  असमर्थ रहे । ४८ किलो तौल समूहमा नेपालका रविन थापा मङ्गोलियाका घान गुयक जानसँग पराजित भए । ५७ किलोमा नेपालका पूरण राई मेक्सिकोका भेगा बरेरासंग पराजित भए । ६३ किलोमा भुपेन थापा फ्रान्सका लाउनस हाम्रोउलीसंग पराजित भए भने ६७ किलोमा सनील शाही इरानी खेलाडीवाद वाक ओभर पाउँदै पहिलो चरण पार गरे पनि अर्को चरणमा सर्बीयाका आबासोभसंग पराजित भए । यी सबै खेलाडी एनीमस स्कोरमा पराजित भएका हुन् ।
मुख्य प्रशिक्षक थापाले नेपाली खेलाडीले निरन्तर प्रशिक्षणले एसियाली खेलकुद र एसियाली च्याम्पियनसिपमा अझै राम्रो प्रदर्शनको आशा गर्न सकिने प्रतिक्रिया दिएका छन् । यसै प्रतियोगिता पछि आफ्ना कमजोरी सुधार गर्न खेलाडीले ध्यान दिने कुरामा आफ्नो विश्वास रहेको पनि थापाले बताए ।
Comment