आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरु

 

 

आइएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ । सो कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्य मुख्य सहरहरूमा आउँदो  २३ कार्तिक  देखि १७ मङ्सिरसम्म आयोजना हुने छ ।
विश्व भ्रमणमा नेपालका लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरूको सङ्घर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुति गर्ने छन् ।
पहिलो दिनको कार्यक्रम ९ नोभेम्बरको दिन धनगढीको रुबस होटेलमा, २२ नोभेम्बरमा पोखराको क्लब ग्राभीटीमा ,३ डिसेम्बरमा काठमाडौँको राष्ट्रिय नाचघरमा , १३ नोभेम्बरमा झापाको साइ पार्टी प्यालेसमा तथा २० नोभेम्बरमा बुटवलको डी कन्सेप्टमा कार्यक्रमको आयोजना हुने छ  यसै गरी,१९ नोभेम्बरमा चितवनको  चितवन गार्डेन रिसोर्ट तथा १५ नोभेम्बरमा धरानको विपीके आइएचएसका कार्यक्रम हुने छ ।
कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोड हाउस क्याफे रहेको छ । साथै एजुकेसन पार्टनर टेक्सस कलेज अफ म्यानेजमेन्ट र आइटी  रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द  हुने भएको छ ।
सो कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल  तथा     साईग्रेसका अफिसियल पेजहरूबाट पनि प्रसारण हुनेछन् ।

 

Comment