पुलिसका दिपकको विजयी सुरुआत

tt
शिर्ष बरियताका  नेपाल प्रहरीका दीप साउनले प्रथम कलाबोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिताको सिनियर पुरुष सिंगल्समा शुक्रबार विजयी सुरुआत गरेकाछन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको समूह ‘ए’को लिग खेलमा दीपले ललितपुरका सुमन शाक्यालाई १३–११, ११–६ र ११–३ तथा एपीएफका राजेन्द्र दुलाललाई ११–३, ११–३ र ११–६ को सोझो सेटमा पराजित गरे ।
सोही समूहको अन्य खेलमा एपीएफका शिवसुन्दर गोथेले सुनसरीका गणेश तामाङ र एपीएफका राजेन्द्रलाई समान३–०, एपीएफका चन्दन शाहीले नेपाल आर्मीका प्रज्ज्वल श्रेष्ठलाई ३–१ र सुनसरीका गणेशलाई ३–० तथा प्रहरीका राकेश महर्जनले कास्कीका रजन सुब्बालाई ३–२ र प्रहरीका विनेश खनियाँलाई ३–१ को सेटमा पराजित गरे ।
सिनियर पुरुषकै समूह ‘बी’को लिग खेलमा प्रहरीका अमरलाल मल्लले भक्तपुरका सुमेघ प्रधान र ललितपुरका सुरेश वज्राचार्यलाई समान ३–०, एपीएफका पुरुषोत्तम वज्राचार्यले ललितपुरका सुरेश र ललितपुरकै आशिष अवाललेलाई समान ३–०, प्रहरीका मणिकुमार लामाले ललितपुरका सुनील महर्जनलाई ३–२ र काठमाडौंका विलोश श्रेष्ठलाई ३–० तथा कास्कीका निहाल श्रेष्ठले प्रहरीका अभयराज श्रेष्ठलाई ३–२ र काठमाडौंका विलोशलाई ३–० ले हराए ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत सिनियर महिला सिंगल्सको राउन्ड रविनलिगमा शीर्ष वरीयताकी प्रहरीकी नविता श्रेष्ठले काठमाडौंकी हीरा नकर्मीलाई ३–० र सुनसरीकी अपेक्षा शाक्यलाई ३–१, प्रहरीकी एलिना महर्जनले अपेक्षा र प्रहरीकी एरिका महर्जनलाई समान ३–०, प्रहरीकी रविना महर्जनले एरिका र एपीएफकी सेलिशा खड्गीलाई समान ३–० तथा प्रहरीकी स्वेच्छा नेम्वाङले कास्कीकी काजोल रौनियारलाई ३–२ र सेलिशालाई ३–० ले पन्छाए ।
जुनियर गल्र्सको सिंगल्समा एपीएफकी सोनु थापा मगरले शतप्रतिशत नतिजा निकाल्ने क्रममा ३ खेल आफ्नो पक्षमा पारिन् । त्यस्तै सुनसरीका सोनिया तामाङ र दीक्षादाहाल, ललितपुरकी दीक्षातामाङ, भक्तपुरकी सुजाता दुवाल र प्रहरीकी नोर्डेन तामाङले समान २ खेलमा जित र १ मा हार व्यहोरेका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले उद्घाटन गरे । कुलनगद पुरस्कार ४ लाख २५ हजार रुपैयाँ रहेको यो प्रतियोगिता नेपाली टेबलटेनिसकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिताभएको आयोजक संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जनाएका छन् ।
सिनियर पुरुषमाशीर्ष १६ वरीयतासहित २० खेलाडी सहभागी छन् भने महिलामा १० खेलाडीले भागलिएका छन् । जुनियर पुरुषमा २१ र महिलामा १० खेलाडीले प्रतिस्पर्धा गरिरहेको काठमाडौं जिल्ला खेलकुद विकास समितिका टेबलटेनिस प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन् ।
पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाउने छन् । त्यस्तै चौथोदेखि आठौं हुनेले क्रमशः ५ हजार, ४ हजार, ३ हजार ५ सय, ३ हजार र २ हजार ५ सयका दरले नगद पुरस्कार हातपार्ने छन् ।
जुनियरको दुवै समूहमा पहिलो देखि आठौं स्थानमा प्रतियोगिता टुंग्याउनेले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार, ३ हजार ५ सय, ३ हजार, २ हजार ५ सय र २ हजार नगदजित्नेछन् । प्रतियोगिता बुधबारसम्म चल्नेछ ।

Comment