युरोद्वारा पारस र विमल सम्मानित

paras and bimal
युरो इन्टरनेसनल स्कुल, काँडाघारीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय फुटबलर विमलघर्ती मगरलाई शुक्रबार सम्मान गरेको छ ।
आ–आफ्नो खेल मार्फत अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिबृद्धिगर्न महत्वपूर्ण योगदान पु¥याएकोमा खेलाडीद्वयलाई सम्मान गरिएको हो । युरो कला तथा संस्कृति महोत्सवका अवसरमा कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई जनही २५ हजार र युरो खेलकुद सम्मान पुरस्कारबाट सम्मान गरियो ।

Comment