सातौं अन्तरलायन्स तथा लियो डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा
लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा शुत्रबारदेखि पोखरामा सातौं अन्तरलायन्स तथा लियो डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
२२ टीमको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलबाट लायन्स क्लब अफ गोल्डेन चौतारीका रामराज पराजुली र विशाल खड्का, लायन्स क्लब अफ पोखरा अन्नपूर्णका यदुनाथ अधिकारी र अर्जुन पोखरेल, अन्नपूर्णकै डम्मरसिंहगुरुङ र सुरेशबहादुर श्रेष्ठ तथा लायन्स क्लब अफ फेवालेकसिटीका नरबहादुर गुरुङ र छवि तिमिल्सिनाको जोडी अग्रस्थानमा रहेको छ।
शनिबार क्वाटरफइनल, सेमिफाइनल हुँदै दिउँसो दुई बजे फाइनल खेल हुने क्लबका अध्यक्ष यदुनाथ अधिकारीले जानकारी दिए।
यसअघि प्रतियोगिताको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले गरेका थिए भने रिजन चेयर पर्सनद्वय मोहनबाबु खड्का र परमेश्वर बराल, पिएमसीसी प्रेमबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।
क्लबका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक रुद्र घलेले स्वागत तथा सचिव अर्जुन पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा दुर्गाप्रसाद जोजिजूले ध्वजाको अभिभादन गरेका थिए।

Comment