अर्जुन नै सिनीयर

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई  बर्खास्त भए पछि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारी मध्यबाट सदस्य सचिवको जिम्मेवारी दिने ध्येयले परिषद्का वरिष्ठ कर्मचारीको विवरण माग गरेको छ  ।
परिषद्ले पनि तीन जनाको नामावली मन्त्रालय पठाएको छ । पठाइएको नामावलीमा तालीम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बि.क, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत तथा प्रशासन विभागका प्रमुख कुल बहादुर थापाको नाम सिफारिस गरेको छ ।
सिफारिस भएको मध्य विक परिषद्का सबैभन्दा पुराना कर्मचारी हुन् ।  तेक्वान्दोका वरिष्ठ प्रशिक्षक बि.क नेपाली तेक्वान्दोका सुरुवाती समयमा प्रशिक्षकको रूपमा परिचित छन् ।  नेपाली खेलकुदमा समर्पित व्यक्ति वि.क राखेपमा प्रवेश अघि पनि ४० को दशकमै खेलकुदमा सक्रिय भई सकेका थिए । सिफारिस भएको तीन मध्य वि.क सबैभन्दा पहिले परिषद्मा सेवा सुरु गरेका थिए ।
सरल स्वभावका उनी  समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने मात्र नभई प्रशासनिक र प्राविधिक दुवै पक्षमा अब्बल भएका कारण उनी सबैभन्दा उपयुक्त व्यक्तित्व भएको ठहर गरिन्छ ।
सिफारिसमा  रहेको बस्नेत हककी स्वभावका व्यक्तिको रूपमा परिचित छन् । यसै गरी अर्का व्यक्तित्व थापा विगत लामो समय देखि सत्ताको निकट रहँदै आएका छन् ।
बर्खास्त गरिएका सदस्य सचिव रमेश सिलवालसँग निकट सम्बन्ध रहेका थापा विगतमा सत्ताले गरेको गलत क्रियाकलापमा पनि संलग्न रहेको आरोप धेरैको छ ।
१३ औ दक्षिण एसियाली खेलकुदको भ्रष्टाचारको मुद्दा छानबिन हुनु पर्ने आवाज उठी रहेको समयमा समयमा सचिवालयमा  बलियो उपस्थिति भएका कारण सिलवाल र थापा माथि नै छानबिन हुनु पर्ने आवाज पनि खेल क्षेत्रमा उठी रहेको छ ।वि.क २०४४ कार्त्तिक १ मा परिषद्मा नियुक्त भएका हुन् । यसै गरी, बस्नेत र थापा दुवै ५० साल भन्दा परिषद्मा प्रवेश गरेका हुन् । सोमनाथ अधिकारीको स्वकीय सचिवको रूपमा परिषद्मा प्रवेश गरेका थापा सदस्य सचिवको पदावधि सकिए पछि  परिषद्मा कर्मचारीको रूपमा प्रवेश गरेका हुन् । यसै कारण सोमनाथको कार्यकाललाई राजनीतिक नियुक्तिको चरम दुरुपयोगको कार्यकालको रूपमा चिनिन्छ ।

Comment