६० को दशकमा प्रभाव छाडेका यी कराँते खेलाडी 

 वर्तमान नेपाली कराँतेमा मुकुन्द्र महर्जन एकदमै हाइ प्रोफाइल  नहुन सक्छन् । तर, कराँतेमा चासो राख्नेहरू उनले पाँचौँ देखि सातौँ राष्ट्रिय खेलकुद सम्म लगातार स्वर्ण पदक सनसनी मच्चाएको बिर्सन सक्दैनन् ।
सरल स्वभावका यी खेलाडी ६० को दशकमा नेपाली कराँतेमा एकदमै छाएका थिए । कराँते खेलको सुरुवात ५० को दशकमा गरेका थिए । लगनखेल डोजोमा सुरुवाती दिनमा मीनकृष्ण महर्जन र दीपक श्रेष्ठ(ललितपुर)सँग यिनले कराँते सिकेका थिए । पछि यिनी केन्द्रीय डोजोको पुगे पछि अकबर साह र दीपक श्रेष्ठ(काठमाडौँ ) सँग कराँते सिक्न सुरु गरेका थिए ।
६० को दशकमा उत्कृष्ट लयमा रहेका यी खेलाडीले पाँचौँ राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको तर्फबाट खेल्दै मुकुन्द्रले स्वर्ण पदक जितेका थिए । मध्यमाञ्चललाई स्वर्ण पदक दिलाए पछि उनी एपीएफमा आबद्ध भएका हुन् ।
छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका उनी २०१४ को एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाउन सफल भए । सातौँ राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाएकी उनले यस बिचमा रुसमा भएको युएफए कपमा कांस्य पदक जितेका थिए । हंगकंगमा भएको एसियन प्यासिफिकमा पदक जितेका उनका लागि लगातार तीन खेलमा स्वर्ण पदक जिते पछि आठौँ राष्ट्रिय खेलकुद भने राम्रो हुन सकेन ।
गङ्गा कुशहवासंग उनी १३–१३ को स्कोरमा हारे । यस अघिका प्रतियोगितामा ६७ किलोमा प्रभाव जमाएका उनी पछिल्लो समय ७५ किलोमा खेल्न थालेका हुन् ।
बायाँबाट दोस्रो मुकुन्द्र

यावत सफलताका बाबजुद उनी केही कुरामा भने दुर्भाग्यशाली रहे । उनी पिक फर्ममा रहेको समयमा साग खेलमा कराँते स्पर्धा राखिएन । जब उनको फर्म कमजोर भयो, यस पछि दक्षिण एसियाली खेलकुदमा कराँते समावेश भएको छ । तर पनि उनी गत दक्षिण एसियाली खेलकुदमा कांस्य  पदक जित्न सफल भए ।

पूर्ण बहादुर महर्जन र कृष्ण माया महर्जनका तीन छोरा मध्यका जेठा मुकुन्द्रको यो सफलतामा बाबुले दिएको उत्साह , साथ र सहयोग सबैभन्दा महत्त्वपूर्ण भएको बताउँछन् । उनको यो सफलताको यात्रा यसै महिना जर्मनीमा भएको प्रतियोगितासम्म कायम रहेको थियो । सो प्रतियोगितामा उनले एक स्वर्ण पदक र एक कांस्य पदक जिते ।  २५ वर्ष लामो खेल जीवनमा उनका दुई जना अभिभावकको ठुलो भूमिका, साथ  र सहयोग रहेको छ । बाबु र आमाको साथ जत्तिको थियो ,यसै खाले उत्साह, सद्भाव र सहयोग प्रशिक्षक मीनकृष्णको पनि रहेको छ । यसै गरी प्रशिक्षक दीपकको सुरुवाती दिन देखि अहिलेसम्म साथ रहेको उनी बताउँछन् ।
यो यात्रामा अनवरत साथ दिने श्रीमतीका साथै भाइहरू लगायत परिवारका सबै सदस्यको  उत्प्रेरणालाई पनि उनी सधैँ सम्झी रहने छन् ।
Comment