ड्रागन टिम च्याम्पियन


ड्रागन उसु क्वानले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । ड्रागनले ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा काठमाडौँ उसु क्वान ५ स्वर्ण, ५ रजत र १० कांस्य जित्दै दोस्रो भयो । तेस्रो स्थानको त्रिकोण उसु क्वानले ५ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो ।
राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुषमा त्रिकोणका मनीष तामाङ तथा महिलामा ड्रागनकी लाक्पा डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा काठमाडौँका नवीन माझी तथा महिलामा यिङयान उसु क्वानकी रेश्मा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबिच पुरस्कार वितरण गरे । दुई दिने प्रतियोगितामा ४० वटा क्लबका   २ सय १० खेलाडीले ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए  ।
 प्रतियोगिता सफल गर्नको लागि सहयोग गर्ने सबैलाई प्रतियोगिताका संयोजक अमर पुलामी मगर(सुभाष)ले धन्यवाद व्यक्त गर्दै यस प्रतियोगितालाई निरन्तरता दिने बताए ।
प्रतियोगितामा सहयोग गर्ने  व्यक्तित्वहरूलाई कालभैरव उसु क्वानका अध्यक्ष निकेस श्रेष्ठले मायाको चिनो हस्तान्तरण गरे ।  कार्यक्रममा १औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरूलाई  सम्मान गरियो ।  कार्यक्रमका विशिष्ट अतिथि राजीव महर्जनले यस प्रतियोगिताले नयाँ खेलाडीहरिलाई उसु खेलप्रति थप ऊर्जा थपिएको र लामो समय उसु खेलको कुनै पनि प्रतियोगिता नभएको अवस्थामा एउटा क्वानले यस्तो खालको प्रतियोगिता गराएर उसु खेलको विकास ठुलो सहयोग गरेको बताउँदै आयोजक टोली प्रति आभार व्यक्त गरे ।
Comment