खेल सामाग्री वितरण

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले डोजाङ र स्कुल गरी २२ संस्थालाई बुधवार खेल सामाग्री प्रदान गरेको छ । सामाखुसीस्थित स्टार रेस्ट्रो बैंक्युटमा विजयादशमीका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सामाग्री वितरण गरिएको हो । प्रत्येकलाई २ थानका दरले कुल ३९ हजार ६ सय रुपैयाँ बराबरको किकिङ प्याड प्रदान गरियो ।
राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेल, तेक्वान्दो सङ्घका सदस्य द्वय राम गिरी र कुमार लामा घिसिङ, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्कालगायतले खेल सामाग्री हस्तान्तरण गरे ।
Comment