आठ वर्षीय स्यालोनको सफलता

अमेरिकाको मेरिल्यान्ड राज्यको  ओसीयन सिटीमा सम्पन्न ओसीयन सिटी क्लासिक मार्सल आर्त च्याम्पियनसिपमा २०२१ मा नेपालका ८ वर्षीय बालक स्यालोन शाक्यले मार्सल आर्टका ४ विधा तेक्वोन्दो, कुङ्फु ,स्पाइरिङ्ग र वेपन्समा स्वर्ण पदक जिते । चार स्पर्धामा सहभागिता जनाएर सवैमा स्वर्ण पदक जित्न सफल उनी चेसपीक मार्सल आर्टका मुख्य प्रशिक्षक  ग्रान्ड मास्टर सुनिल शाक्यबाट प्रशिक्षित छन् । ग्रान्डमास्टर सुनिलकै नेतृत्वमा भाग लिएको ६ सदस्सीय टोलीले ४ स्वर्ण, १ रजत तथा  ४ कांस्य पदक जित्न सफल भएको थियो ।
Comment