निमिशा र शुभाङ्गी क्वाटर फाइनलमा

निमिशा ढकाल र शुभाङ्गी लक्ष्मी शाह दोस्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ र्गल्स सिंगल्समा मङ्गलवार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।
यु–१० र्गल्स सिंगल्समा आयुशा जिसीले मालश्री सिंहलाई ६–० र ६–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा आयुशाको भेट शिभाली गुरुङसँग हुने छ । शिवाली बाइ पाउँदै फाइनल पुगेकी हुन् ।
यु–९ र्गल्स सिंगल्समा आयुशा जिसीले निश्भीरत्न गोर्खालीलाई ४–० र ४–०, आयु श्री हजुर घलेले सारा पन्तलाई ५–३, २–४ र ११–९, अनु श्री ध्वजुले जोया जोशीलाई ४–० र ४–२ तथा मेरिशा थापाले मालश्री सिंहलाई ४–० र ५–३ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । यु–१४ र्गल्स सिंगल्समा प्राज्ना मानन्धर, समृद्धि महर्जन, जेनी खड्का, कृषा अधिकारी र कर्मिस्था श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै क्वाटर फाइनलमा पुगे । सुनिरा थापा, आध्या पौडेल र प्रशंसा मोक्तान पनि बाइ पाएर क्वाटर फाइनलमा पुगे ।
यु–९ ब्वाइज सिंगल्स साम्खाहाङ राईले आर्यनराज पौडेललाई ४–१ र ४–० तथा सन्जोग ब्लोनले विश्व विशेष दल्लाकोटीलाई ४–१, १–४ र १०–८ ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे । यु–१० ब्वाइज सिंगल्समा बृजेश अर्यालले सिद्धान्त प्रधानलाई ६–० र ६–०, आद्रित नेपालले असभ सम्राट हाडालाई ६–४ र ६–१, शाश्वत बज्राचार्यले स्पर्श तिम्सिनालाई ६–४ र ६–३ तथा अबिर श्री वास्तवले आभासनाथ श्रेष्ठलाई ६–० र ६–० को सीधा सेटमा पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरे ।
प्रतियोगिताको नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबिच उद्घाटन गरिन् । शनिवार सम्पन्न हुने १४ स्पर्धा समावेश प्रतियोगितामा १ सय २५ खेलाडी सहभागी छन् ।
Comment