प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता हुने

यही बुधवार र बिहीबार दशरथ रङ्गशाला स्थित मिनी कभर्ड हलमा कालभैरव उसु क्वानकाे आयोजनामा “प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ।” प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरूको सहभागिता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
 प्रतियोगितामा सान्साैमा २० र थाउलाेमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताएका छन्। जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको हो ।
कोभिड-१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसँग आबद्ध व्यक्तित्वहरू मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो ।
यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरूमा नयाँ जोस र ऊर्जा थप्नुका साथै खेलाडीहरूको खेल स्तर वृद्धिमा समेत टेवा पुग्ने आशा गरेका छौ । करिब ७ लाख ५० हजार अनुमानित बजेटमा गर्न लागिएको यस प्रतियोगिताको लागि आर्थिक सहयोग भने खेलाडी तथा खेल प्रेमी महानुभावहरूबाट सङ्कलन गरिएको कोशाध्यक्ष विजय सिञ्जालीले बताएका छन् । यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा पूर्व स्वास्थ्य मन्त्री एवम् सभासद् प्रतिनिधिसभा सदस्य गगन थापा रहनु हुनेछ । साथै उहाँ बाट १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत रहेको यस प्रतियोगिताका सचिव हरि प्रसाद गोलेले बताएका छन्।
Comment