आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

 आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पेको लागि डिजिटल भुक्तानी साझेदार बनेको हो ।
मिस युनिभर्स सङ्गठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल एमयुएनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस वर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टोबर ३० मा सम्पन्न हुँदै छ भने अक्टोबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरू ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तरगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधिहरू आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ । सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरूका लागि एप स्टोरमा उपलब्ध छ । प्रतियोगिताको अनुभव दर्शक र फ्यानहरूको लागि उत्तिकै महत्त्वपूर्ण छ जति प्रतियोगीहरूका लागि । तसर्थ यस साझेदारीले प्रतियोगिताको समावेशीकरणको साझा दृष्टिकोणलाई अझ बुलन्द पार्नेछ भन्ने हाम्रो विश्वास छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय र व्यापक रूपमा प्रयोग गरिएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरूले आफ्नो मन पर्ने प्रतियोगीलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेर आएको छ । अघिल्लो वर्ष जस्तै, क्वार्टर फाइनलका लागी जजिंग स्कोर र भोटिङ मिलाएर औसत अङ्क निर्धारण गरिनेछ । तथापि, प्रतियोगिता अगाडि बढेसँगै मोडिलाटी पनि परिवर्तन हुँदै जानेछ ।
Comment